बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

देशभरका विद्यालय बन्दको निर्णय, वैकल्पिक माध्यमबाट मात्रै पढाइने

आइतबार, १२ वैशाख २०७८, २२ : ३३
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले  कोरोना संक्रमण बढ्दै गएको कारण देखाउँदै देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । तर विद्यालय बन्द भएपनि भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राखिने सीसीएमसीका सचिवालय संयोजक तथा सचिव डा खगराज बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसअघि वैशाख ६ मा मन्त्रिपरिषद्ले देशका प्रमुख सहरका विद्यालय बन्द गर्दै भर्चुअल माध्यमबाट पठनपाठनको निर्णय गरेको थियो । अहिले आएर सीसीएमसी बैठकले नयाँ निर्णय गर्दै देशभरकै विद्यालयमा भौतिकरुपमा पठनपाठन हुन नसक्ने निष्कर्ष निकाल्दै बन्दको निर्णय गरेको हो ।  सीसीएमसीले पूर्वनिर्धारित सबै परीक्षा पनि स्थगन गरेको छ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप