कस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अवस्था ?
आइतबार, १२ वैशाख २०७८, १२ : १९
![कस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अवस्था ?](https://rpcdn.ratopati.com/media/albums/gyanendra-shah_yhTuDLKVbv_szU4tLolAB.jpg)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । शनिबार नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका शाहको अवस्था स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले जानकारी दिए । यस्तै शाहसँगै अस्पताल भर्ना भएका पूर्वराजी कोमल, पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था पनि सामान्य रहेको छ ।
शाहसहित ३ जनालाई डा. श्रीवास्तव र डा. जेपी जैसवालको टिमको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
केही समय पहिले भारतको हरिद्वारमा कुम्भ मेलामा सामेल भएर आएपछि शाह दम्पतीलाई नै कोरोना भाइरसको संक्रमण भएको थियो । विगत केही दिन देखि नै होम क्वारेन्टिनमा रहेका शाह शनिबार अस्पताल भनाइ भएका हुन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानको नाममा अल्पकालीन अन्तरिम आदेश
-
जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने
-
भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने
-
बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
नेसपा (नयाँ शक्ति)को भावी नेतृत्वमा बाबुराम निर्विकल्प !
-
सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक : अध्यक्ष ढकाल