सरकारी आदेशले छेकेन क्रिकेट प्रेमीलाई : रुखदेखि घरकाे छतमा बसेर हेरे खेल
शनिबार, ११ वैशाख २०७८, १५ : ५१
त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो ।
डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । साेही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेकाे हाे ।
सरकारी निर्णयअनुसार कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गरी दर्शकलाई खेल हेर्न मैदान प्रवेशमा निषेध गरिएको थियो । तर खेल हेर्नका मैदानको बाहिर दर्शकको बाक्लो भीड लागेको थियो । काेहीले घरकाे छत तथा रुखमा पनि चढेर खेल हेरेका थिए ।
यो पनि...























Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण