शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सरकारी आदेशले छेकेन क्रिकेट प्रेमीलाई : रुखदेखि घरकाे छतमा बसेर हेरे खेल

शनिबार, ११ वैशाख २०७८, १५ : ५१
शनिबार, ११ वैशाख २०७८

त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ ।   शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो । 

 डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । साेही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेकाे हाे ।

 सरकारी निर्णयअनुसार कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गरी दर्शकलाई खेल हेर्न मैदान प्रवेशमा निषेध गरिएको थियो । तर खेल हेर्नका मैदानको बाहिर दर्शकको बाक्लो भीड लागेको थियो । काेहीले घरकाे छत तथा रुखमा पनि चढेर खेल हेरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप