...अनि डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ : वामदेव गौतम
शुक्रबार, १० वैशाख २०७८, ०७ : ३४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेको नेता वामदेव गौतमले बताएका छन् । विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भएको डिनर मिटिङमा कुरा मिल्न नसकेको गौतमले बताएका हुन् ।
ओलीसँग भएको छलफल सार्वजनिक गर्दै गौतमले भने, 'हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो।'
आफूले ओलीसँग बैठकमा आउन सक्दिन भनेर जवाफ दिएको गौतमको भनाइ छ । गौतमले भने, 'त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।'
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा