काठमाडौँबाट कुवेत जान खोजेका भारतीय नागरिकको साथमा नक्कली पीसीआर रिपोर्ट
काठमाडौँबाट कुवेत जान खोजेका एकजना भारतीय नागरिकको पीसीआर रिपोर्ट नक्कली रहेको खुलेको छ । सोमबारको कुवेत हिँडेका भारतीय नागरिकको पीसीआर रिपोर्ट शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थलमा खटिएका स्वास्थ्य मन्त्रालयका कर्मचारीले गौशाला प्रहरीलाई खबर गरेका थिए ।
भारतीय नागरिक तसलीम अहमदलाई प्रहरीले पक्राउ गरेर पुनः परीक्षण गरायो । पुनः परीक्षण गराउँदा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । रिपोर्ट पोजेटिभ आएपछि उनलाई कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेशनमा राखिएको छ । टेकु अस्पतालमा चिकित्सक डा. हेमन्त ओझासहितका चिकित्सकको टिमले उनको स्वाब लिएर पीसीआर जाँच गरेका हुन् ।
कोभिड–१९ परिक्षणको नक्कली पीसीआर रिपोर्ट बनाउने ‘सुरिया हेल्थ केयर प्रा.लि’ सिनामंगलका सञ्चालकसहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक तसलीमले देखाएको रिपोर्ट दिने ल्यावबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा