मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

स्वाव नै नलिई  पिसिआर रिपोर्ट तयार, ९ हजारमा बिक्री !

डाक्टर सहित ८ जना पक्राउ
मङ्गलबार, ०७ वैशाख २०७८, २१ : ५५
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । कोभिड–१९ परिक्षणको अनुमती लिएको काठमाडौंको सिनामंगल स्थित ‘सुरिया हेल्थ केयर प्रा.लि’ले स्वाव नै नलिइकन पिसिआर रिपोर्ट दिने गरेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेपछि सो ल्याबको कर्तुत बाहिर आयो । डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले नक्कली पिसिआर रिपोर्ट बनाउने चिकित्सक सहित ८ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुरिया ल्याबका व्यवस्थापन प्रमुख समेत रहेका डा. खेलानन्द प्रसाद सिंह, सिनामंगलमा मेडिकल संचालन गरेर बस्ने चित्र बहादुर रायमाझी उर्फ प्रकाश र सप्तरी घर भएका प्रमोद कुमार यादव सहित ८ जना छन् । 

महोत्तरी घर भई गौशाला बस्ने प्रदिप कुमार गिरी, सिनामंगल बस्ने अमन कुमार यादव, विराटनगर घर भएका ब्रजेश पोखरेल, महोत्तरी घर भएका बादल छिरिङ मिङ र दोलखाका सरोज क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । 

एजेन्ट, ल्याब टेक्निसियन र चिकित्सक मिलेर प्रतिव्यक्ति ९ हजारमा उनीहरुले पिसिआर रिपोर्ट बेच्ने गरेको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । खापुङले भने–‘स्वाव नै संकलन नगरिकन लापरवाहीपूर्ण तरिकाले रिपोर्ट बनाउने गरेको देखियो, थप अनुसन्धान गर्दै छौं ।’ 

पक्राउ परेकाहरुलाई सक्राम रोग नियन्त्रण ऐन अनुसार कारवाही गर्ने प्रहरीको तयारी छ । 

झापा गौरादह घर भई पेप्सीकोला बस्ने चित्र बहादुर रायमाझीले सिनामंगलमा मेरिट मल्टि केयर नामक मेडिकल संचालन गरेका छन् । स्वाव संकलन गर्ने सो मेडिकलका संचालकले सुरियासँग मिलेर नक्कली पिसिआर रिपोर्ट बिक्री गर्ने गरेका थिए । 

सप्तरीको मध्यपुरा गाउँपालिका घर भएका ४४ वर्षीय डा. खेलानन्द शाहले नक्कली पिसिआर रिपोर्टमा हस्ताक्षर गर्ने गरेका थिए । सुरिया हेल्थ केयर प्रालिका संचालक हुन् डा. सिपी श्रीकुमार । उनी फरार छन् । 

वैदेशिक रोजगारमा जाने व्यक्तिको लागी उनीहरुले एक–दुई घण्टामै पिसिआर रिपोर्ट बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँगको समन्वयमा प्रहरीले सो ल्याब सिल गरेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप