शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको बैठक आज पनि बस्दै

बुधबार, ०८ वैशाख २०७८, ०८ : २४
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार (आज) पनि बस्दै छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ ।  

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ । 

विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक,  वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको उनको भनाइ छ ।

आजको उक्त विषयमाथि थप छलफल गरी निर्णयमा पुग्ने श्रेष्ठले बताए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप