बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सीनामंगलको सुरिया हेल्थकेयरमा प्रहरीको छापा, नक्कली पीसीआर रिपोर्ट बनाएको आरोप

मङ्गलबार, ०७ वैशाख २०७८, १५ : ०९
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको सुरिया हेल्थकेयरमा प्रहरीले छापा मारेको छ । नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सुरिया हेल्थकेयरमा छापा मारेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । 

स्वाब नै नलिइकन सो ल्याबले कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्ट दिने गरेको भेटिएको छ । ४ जनाको नक्कली पीसीआर रिपोर्ट फेला परेको एसएसपी खापुङले बताए ।

स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ल्याब संचालकमाथि कारवाही गरिने एसएसपी खापुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप