लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीलाई सरकारबाट फिर्ता हुन जसपाको निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टी निर्णय विपरीत लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिएको भन्दै ४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गर्दै नवनियुक्त मन्त्रीहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई यथाशिघ्र सरकारबाट फिर्ता हुन निर्देशन दिँदै स्पष्टीकरण माग गरेका हुन् ।
साथै चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि यादवले चेतावनी दिएका छन् । उनीहरुलाई कारवाही गर्ने तयारी भइरहेको जसपा नेपालका कार्यकारिणी सदस्य दानबहादुर चौधरीले बताए ।
उनले भने, 'भोलि कानुन व्यवसायीसँग सल्लाह गरेर प्रदेश कमिटीको बैठक बसाएर कारवाहीको प्रकृया अगाडि बढाउनेछौँ । स्पष्टीकरणको जवाफ आइसकेपछि त्यसको आधारमा कारवाही गरिनेछ ।’ उनीहरुलाई कारवाहीको प्रकृया अगाडि बढाउन पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले निर्देशन दिएको आधारमा प्रकृया सुरु गरिएको उनले बताए ।
यता, जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले जसपा नेपालका नव नियुक्त मन्त्रीहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिइरहेका छन् । चार जनामध्ये तत्कालिन समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयबहादुर यादव र सुमन रायमाझी प्रदेश सांसद हुन् भने कल्पना पाण्डे तत्कालिन राजपा नेपालका प्रदेश सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘प्रतिवैरम’ निर्माण हुने
-
‘तीन सल्लाहकार’को अनौठो संयोग, डा. पौडेलको बाटो खाली
-
साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एक जनाको मृत्यु
-
नवलपरासीमा हावाहुरीले रुख ढाल्दा च्यापिएर २ जनाको मृत्यु
-
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश
-
धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका नेपाल र जापानबिच सहमति