लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीलाई सरकारबाट फिर्ता हुन जसपाको निर्देशन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टी निर्णय विपरीत लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिएको भन्दै ४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गर्दै नवनियुक्त मन्त्रीहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई यथाशिघ्र सरकारबाट फिर्ता हुन निर्देशन दिँदै स्पष्टीकरण माग गरेका हुन् ।
साथै चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि यादवले चेतावनी दिएका छन् । उनीहरुलाई कारवाही गर्ने तयारी भइरहेको जसपा नेपालका कार्यकारिणी सदस्य दानबहादुर चौधरीले बताए ।
उनले भने, 'भोलि कानुन व्यवसायीसँग सल्लाह गरेर प्रदेश कमिटीको बैठक बसाएर कारवाहीको प्रकृया अगाडि बढाउनेछौँ । स्पष्टीकरणको जवाफ आइसकेपछि त्यसको आधारमा कारवाही गरिनेछ ।’ उनीहरुलाई कारवाहीको प्रकृया अगाडि बढाउन पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले निर्देशन दिएको आधारमा प्रकृया सुरु गरिएको उनले बताए ।
यता, जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले जसपा नेपालका नव नियुक्त मन्त्रीहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिइरहेका छन् । चार जनामध्ये तत्कालिन समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयबहादुर यादव र सुमन रायमाझी प्रदेश सांसद हुन् भने कल्पना पाण्डे तत्कालिन राजपा नेपालका प्रदेश सांसद हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण