यी हुन् लुम्बिनी सरकारका नयाँ मन्त्रीहरु
लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरु राजीनामा दिएको केही घण्टाभित्र नै जसपामा ४ जना सांसदहरुले मन्त्री पद पाएका छन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सपथ अहिले गराएका छन् । एक राज्यमन्त्रीसहित ४ जना मन्त्री पद पाएपछि जसपा शंकर पोखरेलको नेतृत्वमा सरकारमा गएको छ ।

आज नियुक्त भएका मन्त्रीहरूमा सामाजिक विकास मन्त्रालयको जिम्मा कल्पना पाण्डेय, कृषि मन्त्रालयको जिम्मा विजयबहादुर यादव, शिक्षा तथा सामाजिक विकास मन्त्री भूमि व्यवस्था, पूर्वाधारमा सन्तोष पाण्डे छन् रहेका छन् । सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।
मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथग्रहण गराएका थिए भने राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेले सपथ खुवाएका थिए ।
मन्त्रालयहरु पनि हेरफेर
लुम्बिनी प्रदेशमा माओवादीले सरकारको साथ छोडेपछि नयाँ मन्त्री नियुक्तिलगत्तै बहालवाल एमालेकै मन्त्रीहरुको मन्त्रालय परिर्वतन गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी थारुले आर्थिक मामिला तथा योजना मन्त्रालय साथै ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै उद्योगमन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषी मन्त्री आरती पौड्याललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण