बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालुवाटारमा माओवादी र नेपाल समूहबिनैको ‘सर्वदलीय’ बैठक सुरु

शनिबार, ०४ वैशाख २०७८, ११ : ५६
शनिबार, ०४ वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको ‘सर्वदलीय बैठक’ सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्र र एमालेकै माधव नेपाल–झलनाथ खनालको सहभागिता रहेको छैन । यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बैठकमा गएका छैनन् । 

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा , नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् भने जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै जनमोर्चाको प्रतिनिधि पनि रहेको बताइएको छ । 

संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप