शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डद्वारा सर्वदलीय बैठक बहिस्कार !

शनिबार, ०४ वैशाख २०७८, ०९ : ४८
शनिबार, ०४ वैशाख २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले रातोपाटीलाई जानकारी दिए ।

संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् । तर अध्यक्ष प्रचण्डले आफू सिंहदरबारमा बैठक राखिए मात्र जाने अडान लिएको बुझिएको छ । बैठक बालुवाटारमा हुने भएपछि प्रचण्डले सर्वदलीय बैठक बहिस्कार गर्ने भएका हुन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप