कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदमाथि कारवाहीको सिफारिस
काठमाडौं । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्यता नरहने गरि हटाउन सिफारिस भएको छ। शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हो ।
दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउन सिफारिस भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले रातोपाटीलाई जानकारी दिए । सांसद परियारले भने, ‘एमालेको दलको बैठकले एमालेको नाममा संसदमा विपक्षमा मत दिने सांसदहरुलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ।’ शुक्रबार एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका थिए ।
चारैजना एमाले माधव नेपाल पक्षधर सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु