सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

फ्लोर क्रस गर्ने सांसदमाथि कारबाही गर्न कर्णालीमा एमाले बैठक

शुक्रबार, ०३ वैशाख २०७८, १८ : ०२
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बसेको छ । शुक्रबार भएको मतदानमा एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी सरकारलाई मत दिएपछि उनीहरुमाथि कारबाही सिफारिस गर्न बैठक बसेको हो । कर्णाली प्रदेशसभा बैठक सकिए लगत्तै एमाले संसदीय दलको बैठक बसेको हो ।


विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् ।  योसँगै शाही नेतृत्वको सरकार जोगिएको हो ।

शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् । प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप