बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने

शुक्रबार, ०३ वैशाख २०७८, १० : ०५
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक शुक्रबार ११ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । प्रदेशसभाको ठुलो दल एमालेले प्रदेश सरकार गठनका लागि दावी गरेको छ ।

 


 

एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार ११ बजे बस्ने बैठकले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्ने औपचारिक निर्णय गर्दैछ । सोही बैठकले पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्ने पनि उनले रातोपाटीलाई जानकारी दिए ।

दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अघि एमालेले नयाँ सरकार बनाउने नीतिका साथ प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिने उनको भनाइ छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप