शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे छलफल गर्न कर्णालीमा काँग्रेस बैठक

शुक्रबार, ०३ वैशाख २०७८, ०९ : २८
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बसेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक हेमबहादुर शाहीका अनुसार शुक्रबार विहान ९ बजेबाट दलको बैठक बसेको हो । 

शुक्रबार नै बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ । ४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्य मध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि २० जना सांसदको आवश्यकता पर्छ ।

 


एमाले एक्लैसँग बहुमतका लागि सभामुखसहित २० जना सांसद छन् । माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् ।

एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ । यस्तो अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

किनभने एमालेकै केही सांसदहरु फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा उभिने अनुमान छ । काँग्रेस केन्द्रको निर्णय अनुसार एमालेसँग सहकार्य नीति लिएको छ । तर काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भने एमाले सरकारमा सहभागी हुन इच्छुक देखिन्छन् । तर केन्द्रले माओवादी केन्द्रसँग गठबन्धनको नीति लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप