शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काठमाडौंमा भयानक हुरीबतास, जनजीवन प्रभावित

बिहीबार, ०२ वैशाख २०७८, २१ : २३
बिहीबार, ०२ वैशाख २०७८

राजधानीमा बिहीबार राति भयानक हावाहुरी आएको छ । राति ९ बजेदेखि करिब हावाहुरी चलेको हो । हावाहुरीबाट अहिलेसम्म क्षतिको कुनै विवरण नआएको प्रहरीले जनाएको छ ।  कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका थिए । 

देशको दक्षिण पश्चिमबाट  मेघ गर्जन र  चट्याङ सहित वर्षा गराउने बादल विकसित  भई रहेको र  उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएकाे समाचार छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप