आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

हुरीबताससँगै राजधानी अन्धकार

बिहीबार, ०२ वैशाख २०७८, २१ : ४१
बिहीबार, ०२ वैशाख २०७८

राजधानीमा ठूलो हुरीबतास चलेसँगै राजधानीमा बिद्युत अवरुद्ध बनेको छ । नेपाल विद्युत प्राधिकरणले हुरीबताससँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको जनाएको छ । 
हावाहुरीले कतिपय स्थानमा विद्युत पोल ढल्नुका साथै कतिपय स्थानको विद्युत भने सम्भावित क्षति नहोस् भनेर बन्द गरिएको बताइएको छ । 

राजधानीमा बिहीबार  राति ९ करिब बजेदेखि हावाहुरी चल्न थालेको थियो भने जसका कारण जनजीवन प्रभावित हुन पुग्यो। करिब आधा घण्टा तीव्र बेगका साथ हुरी चलेको थियो भने अहिले केही कमी भएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति नै देशको दक्षिण पश्चिमबाट  मेघ गर्जन र  चट्याङ सहित वर्षा गराउने बादल विकसित  भइरहेको र  उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा रहेको जनाउँदै सर्तक रहन अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप