अब दिइने विभूषणमा नयाँ नक्शा राखिने गृह मन्त्रालयको स्पष्टीकरण
गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ ।
सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले घोषणाको तयारी र वितरणको प्रस्तावित समय रहेका बेलाको नेपालको आधिकारिक नक्सा नै विभूषणमा अङ्कित भएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई विसं २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ मा वितरणको लागि तयारी गरिएको भए पनि कोभिड–१९ का कारण २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकाले हालै मात्र उक्त सुशोभन भएको मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएका विभूषणमा सोहीबमोजिमको नक्सा अङ्कित भएको र यसको सुशोभन आगामी वैशाख १ गते गरिने पनि मन्त्रालयद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिविका प्राध्यापकको निधन
-
दुई देशका अदालतका बिचमा हुने भनिएको एमओयू किन अन्तिम समयमा रोकियो ?
-
रुसले जेलेन्स्कीलाई राख्यो वान्टेडको सूचीमा
-
अर्थतन्त्रको बर्तमान अवस्थाबारे चेम्बरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
-
अछाममा कक्षा १२ का विद्यार्थीले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएपछि...
-
उपेन्द्र यादवको पार्टी विभाजन, अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने