नयाँ सरकार गठनको चाबी बोकेको जसपाको बैठक कहिले ?
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को बैठक तत्काल नबस्ने देखिएको छ । नयाँ सरकार गठनको चाबी बोकेको जसपाले तत्काल बैठक राखेर निर्णय नलिने भएको हो ।
जसपा वरिष्ठ नेता राजेन्द्र महतोले रातोपाटीसँग भने, ‘अहिले सत्ताको बारेमा जसपामा एजेण्डा नै छैन । मुद्दाको विषयमा मात्र कुराकानी भइरहेको छ । सत्ता समीकरणका विषयमा हामीलाई केही निर्णय लिन हतार छैन । आवश्यकता अनुसार बैठक बस्छ ।’
उनले बैठक कहिले बस्छ भन्ने केही टुंगो नलागेको बताए । ‘पार्टीमा समायोजनको कामका लागि बैठक नबस्ने भन्ने कुरा छैन । बैठक बस्ला । तर सरकारले हाम्रो माग सम्बोधनका विषयमा प्रक्रिया अगाडि बढाएको छ । सत्ता समीकरणका विषयमा तत्काल बैठक बसेर निर्णय गरिहाल्नुपर्ने त्यस्तो के परेको छ र ?’ उनले भने ।
यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले पनि आन्तरिक छलफल भए पनि बैठकको टुंगो नलागेको बताए । रातोपाटीसँग यादवले भने, ‘पार्टीभित्र सरसल्लाह हुँदैछ । बैठकको कहिले बस्ने तय भएको छैन । चाँडै बैठक बस्ने कुरा छ ।’
शुक्रबार काँग्रेस–माओवादी केन्द्र र जसपाको संयुक्त छलफलमा सत्ता समीकरणबारे जसपाले समय मागेको थियो । आफ्नो निवासमा भएको तीन दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेपछि पार्टीमा छलफल गरेर निर्णय दिने जसपाको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
