बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पद खोसिएका चार मन्त्रीको शपथ ५ बजे

शुक्रबार, २७ चैत २०७७, १४ : १५
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद खारेज भएसँगै मन्त्री पद समेत खोसिएका चार नेतालाई पुनः मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुको साँझ ५ बज शपथ ग्रहण राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

‘साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखिएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले रातोपाटीलाई बताए । पुनर्नियुक्ति पाएसँगै उनीहरूले शुक्रबार शपथ लिने भएका हुन् ।

नेकपा (माओवादी केन्द्रबाट नेकपा (एमाले) प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो । बिहीबार मात्रै मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीले पद गुमेको थियो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप