यस्तो छ माओवादीले ४ संघीय सांसदलाई गरेको कारबाही पत्र
मङ्गलबार, २४ चैत २०७७, २३ : ५०
२
नेकपा माओवादी केन्द्रले ४ जना संघीय सांसदलाई कारबाही गरेको छ । सो पार्टीले सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पार्टी सदस्यसमेत नरहने गरी सांसदबाट हटाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हस्ताक्षरित निर्णयमा उनीहरुलाई एमाले प्रवेशबारे स्पष्टीकरण सोधिएकामा प्रभु साह बाहेक अरुले जवाफ नदिएको र जवाफ दिने प्रभुको पनि स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गरिएको उल्लेख गरिएको छ ।
यस्तै पार्टीको निर्णयअनुसार उनीहरु मन्त्रीबाट फिर्ता हुन समेत नमानी पार्टी निर्णय उलंघन गरेको पत्रमा उल्लेख गरिएको छ ।
प्रचण्डको निर्णयपछि संसद सचिवालयमा मंगलबार दर्ता गरिएको पत्रमा हाल मन्त्री रहेका चारै सांसदलाई दल त्यागबारेको जानकारी सदनमा पेश गर्न अनुरोध गरिएको छ ।
यो पनि...




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
