आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ माओवादीले ४ संघीय सांसदलाई गरेको कारबाही पत्र

मङ्गलबार, २४ चैत २०७७, २३ : ५०
मङ्गलबार, २४ चैत २०७७

नेकपा माओवादी केन्द्रले ४ जना संघीय सांसदलाई कारबाही गरेको छ । सो पार्टीले सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पार्टी सदस्यसमेत नरहने गरी सांसदबाट हटाउने निर्णय गरेको हो । 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हस्ताक्षरित निर्णयमा उनीहरुलाई एमाले प्रवेशबारे स्पष्टीकरण सोधिएकामा प्रभु साह बाहेक अरुले जवाफ नदिएको र जवाफ दिने प्रभुको पनि स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गरिएको उल्लेख गरिएको छ । 

यस्तै पार्टीको निर्णयअनुसार उनीहरु मन्त्रीबाट फिर्ता हुन समेत नमानी पार्टी निर्णय उलंघन गरेको पत्रमा उल्लेख गरिएको छ । 
प्रचण्डको निर्णयपछि संसद सचिवालयमा मंगलबार दर्ता गरिएको पत्रमा हाल मन्त्री रहेका चारै सांसदलाई दल त्यागबारेको जानकारी सदनमा पेश गर्न अनुरोध गरिएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप