शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले गर्‍यो ४ संघीय सांसदलाई कारबाही, निलम्बन गरेको पत्र संसद सचिवालयमा दर्ता

मङ्गलबार, २४ चैत २०७७, १५ : २२
मङ्गलबार, २४ चैत २०७७

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ । सोबारेमा पत्र मंगलबार माओवादीले संसद सचिवालयमा दर्ता भएको माओवादी संसदीय दलका  प्रमुख सचेतक देव गुरुङले रातोपाटीलाई जानकारी गराए । 
गुरुङले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको जानकारी दिए । 

चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् । उनीहरु माओवादी छाडेर केही समय पहिले ओली नेतृत्वको एमालेमा लागेका थिए भने पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन् । 

मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप