शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको मन्त्रीले स्वीकारे, छानबिन भइरहेको जवाफ

सोमबार, २३ चैत २०७७, १९ : ४१
सोमबार, २३ चैत २०७७

काठमाडौं । कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको व्यापक जनगुनासो आए पनि प्रधानमन्त्री ओली र तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले त्यसलाई ठाडै अस्वीकार गर्दै आइरहेका थिए ।

बहालवाला स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको स्वीकार गर्दै यसबारे मन्त्रालयले छानविन गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा उभिएका मन्त्री त्रिपाठीले स्वास्थ्य सामग्री खरिदमा भएको आर्थिक अनियमितताबारे खुलासा गरेका हुन् ।

विगतमा ३ अर्ब ८२ करोडको सामान खरिद भएको, तर त्यो हालसम्म प्रयोगमा नआएको बताउँदै मन्त्री त्रिपाठीले भने, ‘कतिपय प्याकेज पनि खुलेको छैन, आवश्यक थिएन भने खरिद किन गरियो, त्यसबारे मन्त्रालयले समिति बनाएर छानविन गरिरहेको छ ।’

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत अहिलेसम्म  ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको मन्त्री त्रिपाठीले संसदलाई जानकारी दिए । पीसीआर, किट, गाउन औषधी उपकरण व्यवस्थापन, खोप खरिद र अभियान, स्वास्थ्यकर्मीको जोखिम भत्ता लगायत सम्पूर्ण विषय अन्र्तगतको खर्च यसमा समेटिएको उनले बताए ।

स्वास्थ्यमन्त्री त्रिपाठीले दिएको जानकारीअनुसार २ अरब ५४ करोड ५८ लाख रुपैयाँ भने भुक्तानी हुन बाँकी छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप