एमसीसी लगायतका सन्धि दर्ता छन्: मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकरले संसदलाई बिजनेस नदिएको भन्ने भनाइको खण्डन गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले सरकारले संसदलाई बिजनेस नदिएको भन्ने भनाइमा सत्यता नरहेको बताएका हुन् ।
‘सरकारले विभिन्न सन्धिहरु सरकारले अनुमोदनका लागि पेस गरेको छ । किन अगाडि बढेका छैनन् ? म भन्न सक्दिन । सदनको एजेन्डा सरकारले तय गर्ने होइन । सरकारले दर्ता गर्ने हो’ मन्त्री ज्ञवालीको जवाफ छ । ‘एमसीसी भन्नुस्, आइएइएको एटोमिक इनर्जीसँग सम्बन्धित सम्झौता भन्नुस्, अन्तर्राष्ट्रिय सन्धिहरु अनुमोदनका लागि संसदमा दर्ता भएका छन् । हामी त सधैं तयार छौं ।
सदनले किन अगाडि बढाइरहेको छैन । सदन स्वयंले यसको जवाफ दिनुपर्छ’ मन्त्री ज्ञवालीले प्रतिप्रश्न गरे । काँग्रेस सांसदहरुले एमसीसी लगायतका सन्धि सदनबाट अगाडि बढाउन सरकार किन अग्रसर नभएको हो भनेर प्रश्न गरेका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल