सार्क मृत्यु शैयामा पुगेको छैनः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्क मृत्यु शैयामा नपुगेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले सार्क कतिपय सन्र्दभमा आफ्नो ठाउमा सक्रिय नै रहेको बताए ।
‘सार्क मृत्यु शैयामा छ त म भन्दिन, सार्क कतिपय सन्र्दभमा आफ्नो ठाउँमा सक्रिय पनि छ’, मन्त्री ज्ञवालीले भने, ‘कोभिडको बेलामा भारतका प्रधानमन्त्री स्वयंले सार्क लिडरहरूको इमर्जेन्सी मिटिङ राख्नुभयो । रिलिभ फण्ड पनि हामीले निर्माण गर्यौ ।’
मन्त्री ज्ञवालीले त्यो बाहेक अन्य प्रक्रियाहरु सक्रिय रहेको भएपनि सम्मेलन हुन नसकेको बताए । ‘सबैभन्दा ठुलो कुरा समिट भइरहेको छैन’ ज्ञवालीको भनाइ छ । उनले नेपाल सार्कको सात वर्षदेखि अध्यक्ष रहेको भन्दै छिटोभन्दा छिटो अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको पनि बताए । उनले दुईवटा सदस्य राष्ट्रबीचको मतभेदले सम्मेलन हुन नसकेको भन्दै नेपालको तर्फबाट सम्मेलनका लागि कोशिश गरिरहेको बताए ।
काँग्रेस सांसद गगन थापाले सार्कलाई मृत्यु शैयामा पुर्याएर बिमस्टेकतिर सरकारको ध्यान गाएकोबारे प्रश्न सोधेका थिए । त्यस्तै मन्त्री ज्ञवालीले राष्ट्रिय मानवअधिकार आयोगको स्वायत्तता र स्वतन्त्रताको पक्षमा रहेको विश्वास दिलाए । म्यानमार सरकार र नेपाल सरकारबीच तुलना हुन नसक्ने भन्दै मन्त्री ज्ञवालीले यस्ता प्रश्नले आफ्नै गरिमा घट्ने बताए ।
उनले बंगलादेशका राम्रा कुराहरु सिक्दै अघि जानुपर्ने बताए । त्यसैगरी मन्त्री ज्ञवालीले महाकालीमा भारतले लगाएको भनिएको सुरक्षा पर्खालका बारेमा सरकारले छलफल गरेको जनाकारी दिएका छन् । काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू लगायतले भारतले एकतर्फी रूपमा महाकालीमा पर्खाल लगाइरहेको र नेपाली भूमि मिचिएको भन्दै उठाएको प्रश्नमा भारतले बनाउँदै गरेको सुरक्षा वालको बारेमा पर्खाल निर्माण गर्दै जाँदा दुई देशको सीमा छोएर, मिचेर वाल बनाइएको भन्ने विषय आइसकेपछि सरकारले गम्भीर रूपमा छलफल गरेको जानकारी गराएका हुन् ।
सरकारले नापी अधिकृतको नेतृत्वमा सेना, प्रहरी, जिल्ला प्रशासन दार्चुलाका प्रतिनिधिले स्थलगत अध्ययन गरेको थियो । त्यो अध्ययनबाट भारतबाट निर्माण भएको वालको विषयमा वास्तविकता पत्ता लगाउन र अन्तर्राष्ट्रिय सीमाको कदर गरेको छ कि छैन भन्ने तथ्य पत्ता लगाउन स्थलगत अध्ययन गर्नुपर्ने सुझाव दिएको थियो ।
सोही सुझावअनुसार आगामी साता दुवै देशका अधिकारी उक्त स्थलमा जाने मन्त्री ज्ञवालीले जानकारी दिए । उनले चैत ३० (अप्रिल १२) मा दुवै मुलुकका अधिकारी जाने पनि जानकारी दिए । उनले नेपाल सरकार मुलुकको सीमा सुरक्षा गर्नका लागि तदारुकताका साथ लागिरहेको पनि जानकारी दिए । मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको केही दिन पहिलेको बंगलादेश भ्रमणबारे पनि प्रतिनिधिसभालाई जानकारी गराए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुटिङका क्रममा घाइते भए गुरु रन्धावा, सेलिब्रेटीको कमेन्ट ओइरो
-
अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ : गोकुल बास्कोटा
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा
-
सात महिनामा चार अर्ब ३९ करोडको जुत्ता चप्पल आयात
-
ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ, तस्बिरमा हेर्नुहोस्
-
‘कल्ली’को छायाङ्कन सुरु, उत्तम भन्छन्– ‘कथा यूनिक लागेर कमब्याक गरेँ’