शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘बालुवाटारबाट सडक शिलान्यास नौटंकी नै हो’

सोमबार, २३ चैत २०७७, १३ : ४५
सोमबार, २३ चैत २०७७

काठमाडौं । सांसद रंगमति शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीविनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् । सोमबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा आफ्नो धारणा राख्दै काँग्रेस सांसद शाहीले अति महत्त्वपूर्ण विधेयकहरु थन्किएको, कर छल्नेको घरमा पार्टी कार्यलय राख्ने, संसदले महिला हिसंशाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँट्ने गरेको पनि बताइन् । 

‘तयार नै नगरी बालुवाटारबाट स्वीच थिचेर सडक शिलान्यास गर्नुहुन्छ प्रधानमन्त्री ज्यु यो त नौटंकी नै हो’, सांसद शाहीको भनाइ छ ।  उनले संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरवारमा आउन डराएको र बालुवाटार पनि सरकारी निवास नै भएकाले बालकोटमै गएर राज गर्दा राम्रो हुने सुझाव दिइन् ।

यो पनि...

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप