मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई ‘रेडबुक’ शिलान्यास गर्न सांसद शाहको सुझाव

सोमबार, २३ चैत २०७७, १३ : ३०
सोमबार, २३ चैत २०७७

काठमाडौ । काँग्रेस सांसद भरतकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिलान्यासको रहर लागेको बताएका छन् । उनले हालै डीपीआरविनै १६५ वटा सडकको शिलान्यास गरेको भन्दै प्रधानमन्त्रीलाई शिलान्यासको रहर नै भए एकैपटक रेडबुक नै शिलान्यास गर्न सुझाव दिएका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले भने, ‘प्रधानमन्त्रीले भर्खरै १६५ वटा रणनैतिक सडकको शिलान्यास गर्नुभएको छ । ती सडकको न एलाइनमेन्ट भएको छ । न डीपीआर भएको छ । यदि शिलान्यासको रहर नै हो भने रेडबुक एकैचोटी गर्दिए भइहाल्यो नि !’ भनेर व्यङ्ग्य गरे ।  साथै उनले लुम्बिनीमा आगलागीबाट क्षति व्यहोरेकाहरुलाई तत्काल क्षतिपूर्ति दिन माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप