काँग्रेसको निर्णयपछि देशको राजनीति फेरियो, अब सरकार बन्छ : प्रचण्ड
शनिबार, २१ चैत २०७७, १४ : ५०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीतिले कोल्टे फेरेको बताएका छन् ।
शनिबार कपिलबस्तुमा जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमा उनले भने, ‘हिजोदेखि देशको राजनीति फेरियो कोल्टे फेर्यो, काँग्रेसको निर्णयपछि । अब छिट्टै अब नयाँ सरकार बन्छ ।’
शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार बनाउन अग्रसरता दिने निर्णय लिएको थियो ।
प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)ले मधेस विरोधी तत्वसँग साँठगाँठ नगर्न पनि आग्रह गरे ।
उनले प्रधानमन्त्री केपी ओलीलाई सामन्तवादको एजेण्टको रुपमा टिप्पणी गर्दै उनीबाट विकास र समृद्धि सम्भव नभएकाे पनि बताए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यको पैसा खर्च गरेर नेताका नाममा खेल प्रतियोगिता गर्नु कति जायज ?
-
कस्तो प्रश्न मर्यादित, कस्तो अमर्यादित ?
-
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो