काँग्रेसको निर्णयपछि देशको राजनीति फेरियो, अब सरकार बन्छ : प्रचण्ड
शनिबार, २१ चैत २०७७, १४ : ५०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीतिले कोल्टे फेरेको बताएका छन् ।
शनिबार कपिलबस्तुमा जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमा उनले भने, ‘हिजोदेखि देशको राजनीति फेरियो कोल्टे फेर्यो, काँग्रेसको निर्णयपछि । अब छिट्टै अब नयाँ सरकार बन्छ ।’
शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार बनाउन अग्रसरता दिने निर्णय लिएको थियो ।
प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)ले मधेस विरोधी तत्वसँग साँठगाँठ नगर्न पनि आग्रह गरे ।
उनले प्रधानमन्त्री केपी ओलीलाई सामन्तवादको एजेण्टको रुपमा टिप्पणी गर्दै उनीबाट विकास र समृद्धि सम्भव नभएकाे पनि बताए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
