केपी ओलीले प्रधानमन्त्री छोड्नुहुन्न भने हामी हटाउँछौँ : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सत्ता परिवर्तनका लागि अठोट लिएको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री केपी ओलीजीले सांसदलाई तिरस्कार गर्नुभएको छ । संसद र संविधानलाई प्रधानमन्त्रीको प्रहारबाट जोगाउनु छ। केन्द्रीय समितिको बैठकबाट उहाँलाई हटाउने अठोट लिएका छौं ।’
पौडेलले प्रधानमन्त्रीबाट राजीनामा दिन पनि ओलीलाई आग्रह पनि गरे । उनले, भने, ‘उहाँले छोड्नुहुन्न भने हामी हटाउँछौँ। प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ।’
शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र वैकल्पिक सरकार निर्माणका लागि अग्रसर हुने निर्णय लिएको थियो । तर काँग्रेसले सत्ताभन्दा व्यवस्थालाई बढी महत्व दिएको पौडेलको भनाइ छ ।
‘सत्ताभन्दा व्यवस्थालाई हामीले बढी महत्व दिएका छौं,’ उनले भने, ‘व्यवस्था बचाउनका लागि हामी सत्ता बदल्न चाहन्छौं ।’
७० वर्ष लामो संघर्षपछि प्राप्त भएका उपलब्धिहरुलाई ओली नेतृत्वको सरकारले जोखिमतर्फ धकेलेको पौडेलको आरोप छ ।
उनले मुलुकलाई जोखिमबाट जोगाउन काँग्रेसले सरकार परिवर्तनको अठोट लिएको बताए । ‘हामी यो सरकारको विकल्प चाहन्छौं । ७० वर्षदेखि जुन प्रणाली, जुन सभ्यताका लागि हामीले कष्ट उठायौँ, त्यसमाथि प्रहार भएको छ, त्यसलाई जोखिमतर्फ लगिँदैछ । त्यस कारण हामीले सरकार परिवर्तन गर्छौं भनेर अठोट गरेका छौं,’ उनले भने ।
पौडेलले काँग्रेसले सत्ता परिवर्तनका लागि लिएको अठोटलाई सत्तामा जान खोजेको रुपमा भने नलिन पनि आग्रह गरे ।
‘सत्ता परिवर्तनको अठोटलाई सत्तामा जानुभन्दा पनि राष्ट्रलाई जोगाउने प्राथमिकता हो,’ पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
