ओलीद्वारा सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिना निलम्बन

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाहीको घोषणा गरेका छन् । पार्टी हित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई ओलीले बिहीबार ६ महिना पार्टी सदस्यबाट निलम्बनको घोषणा गरेका हुन् । ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि ६ महिना निलम्बन गरेका थिए ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उनीहरुको जवाफ चित्त बुझ्ने नभएकाले अध्यक्षले निलम्बनको निर्णय गरेको जानकारी दिए ।
चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेपालसहित रावल, पाण्डे र भुसालले पार्टी हित विपरितको गतिविधि गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सोअनुसार चैत ८ गते महासचिव ईश्वर पोखरेलले चारै जनालाई स्पष्टीकरण सोधेकोमा नेपाल र रावलले चैत १२ मा उल्टै ओलीलाई प्रश्नको वर्षा गर्दै स्पष्टीकरण बुझाएका थिए भने पाण्डे र भुसालले चाहिँ मंगलबारमात्रै स्पष्टीकरण बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी
-
चार जना मृत फेला
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु