ओली हिँडेको बाटो रहस्यमय भएको भन्दै घनश्यामले सोधे २ प्रश्न
प्रधानमन्त्री केपी शर्मा ओली हिँडेको बाटो रहस्यमय भएको नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आरोप लगाएका छन् । ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै भुसालले ‘अन्तिम दुई प्रश्न’ भन्दै ओलीको नियममाथि गम्भीर प्रश्न उठाएका हुन् ।
उनले मंगलबार पार्टी कार्यालयमा ओलीलाई सम्बोधन गरेर बुझाएको स्पष्टीकरण पत्रमा गठबन्धन बनाउने, संसदमा वामपन्थी गठबन्धनको फराकिलो बहुमत बनाउने र पार्टी एकतासम्म गर्ने उपलब्धी हासिल भएपनि आज पार्टी एकता टुटेको भन्दै कम्युनिष्ट पार्टीका समस्त सदस्यहरु, शुभचिन्तक तथा समर्थकहरूमा भयानक निराशा मडारिएको बताएका छन् ।
यस्तो अवस्थामा कम्तिमा आफ्ना कमजोरीहरूप्रति इमान्दारी देखाउनु वा ती असफलताको जिम्मा लिनु र राजीनामा गर्ने तत्परता देखाउनु भन्दा उल्टै अब बाँकी रहेको नेकपा एमालेको विधि, विधान र एकतासमेत भत्काउन ओलीले आतुरता देखाउनु रहस्यपूर्ण रहेको भुसालले बताएका छन् ।
‘तपाई अध्यक्ष हुनुभन्दा पहिले तपाईं स्वयंले भन्ने गरेको तथाकथित ‘पार्टीको प्रजातान्त्रिकरण’ लाई तपाईँ के जवाफ दिनु हुन्छ ? पार्टीको नवौँ महाधिवेशनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को कार्यक्रम/सोच अगाडि सारेको थियो । निर्वाचनमा वाम गठबन्धनले घोषणापत्र जारी गरेको थियो । तपाईं सरकारको नेतृत्वमा आएपछि सरकारका आजसम्मका नीति–कार्यक्रम र बजेटहरु पार्टीका ती सोच र घोषणा विपरित दिशामा गए । सरकारमा जुन शक्ति र सामर्थ्यका साथ हामी गएका थियौँ त्यसको नेतृत्व गर्न तपाईँ असफल हुनु भयो’, उनको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘सरकारका विधेयकहरु विवादित भए, मन्त्रीहरु विवादित भए, अनेक काण्डमा तपाईंको भूमिका अनुचित रह्यो, विदेश नीतिमा तपाईँ अवसरवादी हुनु भयो, राष्ट्रिय अखण्डता र सार्वभौमिकताका प्रश्नलाई समेत तपाईँले निजी मामिला बनाउनु भयो, सुशासनलाई तपाईँ आफैले लज्जित पार्नु यो, सरकार र राज्यलाई आफ्नो गुटका हितको साधनका रुपमा दुरुपयोग गर्नु भयो, कैयन् अधिकारहरू आफ्नो हातमा लिनुभयो तर तिनको दुरुपयोग गर्नु भयो, यस्ता अनेक असफलतापछि संसद विघटनजस्तो अवैधानिक कदम चाल्नु भयो ।’
यी सबै अपजशको भारी पार्टी र आन्दोलनलाई ओलीले बोकाएको आरोप लगाउँदै उनले भनेका छन्, ‘त्यतिले नपुगेर अझै के तृष्णा बाँकी रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ ? तपाईँ अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मापदण्ड नपुगेका व्यक्तिका घडेरी र प्लटिङमा प्राधिकरणको आँखा, व्यवस्थित सहरीकरणको पहल
-
स्वास्थ्य बीमा सुधारको कार्य योजना ल्याउन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
-
लुम्बिनी प्रदेश सभा बैठक सुरु
-
१७ वर्षपछि घरेलु क्रिकेटमा फर्कन बाध्य भारतीय टोलीका कप्तान
-
भ्रष्टाचारी शासन अन्त्य र देशभक्त पहिचानसहित पूर्ण समानुपातिक प्रणाली स्थापना
-
लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरू)