शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

९ खेलपछि तोडियो नेपालको गोलको खडेरी, तस्विरमा हेर्नुहोस्

सोमबार, १६ चैत २०७७, १८ : ४१
सोमबार, १६ चैत २०७७

त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले पहिलो हाफको अन्त्यसम्म बंगलादेशबिरुद्ध २–० को अग्रता बनाएको छ । दशरथ रंगशालामा भएको प्रतियोगितामा खेलको १८ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका हुन् । योसँगै नेपालले ९ खेलपछि गोलको खडेरी अन्त्य गरेको छ । यसअघि भएका ८ खेलमा नेपालले कुनै गोल गर्न सकेको थिएन ।

राउण्ड रोबिन लिगका दुवै खेलमा गोल नगरे पनि नेपाल फाइनलमा पुग्न सफल भएको हो। नेपालले समूह चरणमा बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपालको दोश्रो गोल खेलको ४१ मिनेटमा विशाल राईले गरे  ।

आजको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पुगेका छन्। कीर्गिस्तानको, नेपाल र बंगलादेश सहभागी खेलको फाइनलमा शीर्ष दुईमा रहेका टोली पुगेका हुन् ।

 


प्रधानमन्त्री ओलीले रंगशाला पुगेर म्याच बल रेफ्रीलाई हस्तान्तरण गर्दै फाइनल खेलको उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप