स्वेज नहरमा फसेको जहाजलाई किनाराबाट हटाइयो
एक हप्तादेखि स्वेज नहरमा फसेको कन्टेनरलाई जहाजको किनाराबाट हटाइएको अधिकारीले जानकारी दिएका छन् ।
स्वेज नहर प्राधिकरणका अनुसार ४ सय मिटर लामो ‘एवर गिवेन’ जहाजको दिशालाई ८० प्रतिशतसम्म मिलाइसकिएको छ ।
प्राधिकरणका अनुसार जहाज हटाउने काम सोमबारदेखि पुनः सुरु गरिनेछ ।
‘एवर गिवेन’ ले संसारको सबैभन्दा व्यस्त व्यापारिक मार्गमध्ये एकमा अवरोध निम्त्याएको थियो जसका कारण अन्य जहाज फिर्ता हुनुपर्यो र लामो जाम भयो ।
फसेको जहाजलाई निकाल्न पाइएको सफलतापछि केही घण्टाभित्र जाम खुल्न सक्ने आशा गरिएको छ । यो जलमार्गबाट दैनिक करिब ९.६ अर्ब डलरको सामान ढुवानी हुने गर्छ ।
Stranded Suez Canal ship re-floated - Inch Cape https://t.co/X0GGoiTQ9m pic.twitter.com/5itfyBHVc1
— Reuters (@Reuters) March 29, 2021
समाचार एजेन्सी रोयटर्सका अनुसार जहाज निकाल्नका लाथि टगबोट्सको प्रयोग गरिएको हो ।
स्वेज नहर प्राधिकरणका अनुसार जहाजको पछाडिको भाग, जुन सुरुमा तटभन्दा चार मिटरको दुरीमा थियो, अब १०२ मिटर पछि गएको छ । प्राधिकरणका अनुसार अब जहाजलाई पूर्ण रुपमा तैरन लायक बनाउनका लागि कोसिस सुरु भएको छ ।
अधिकारीका अनुसार छाल उठेपछि स्थानीय समयानुसार साढे ११ बजे जहाजलाई हटाउने काम सुरु गरिनेछ ।
जहाज हटाइएपछि त्यहाँ प्रतीक्षा गरिरहे.का ३६७ जहाजले बाटो पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी
-
सिंहदरबार वैद्यखानाबाट औषधीको उत्पादन बढाउन मन्त्री पौडेलको आग्रह
-
पुस १२ गतेदेखि मध्यपुर महोत्सव
-
भारतीय असहयोगसँग ‘जुध्न’ भैरहवा विमानस्थलमा आधुनिक प्रणाली विकास हुँदै