स्वेज नहरमा फसेको जहाज निकाल्ने कोसिस जारी, तेलको मूल्य बढ्यो
इजिप्टको स्वेज नहरमा बालुवामा फसेको मालवाहक जहाजका कारण जहाजको आवागमन ठप्प भएको छ ।
यो जामका कारण कच्चा तेलको आपूर्तिमा बाधा उत्पन्न हुने आशंका पैदा भएको छ । यसैकारण बुधबार बच्चा तेल करिब पाँच प्रतिशत महँगो भएको छ ।
यसैबीच इजिप्टले स्वेज नहरको पुरानो च्यानललाई पुनः खोलेको छ । बालुवामा फसेका जहाजलाई निकाल्नु अघि केही अन्य जहाजलाई निकाल्नका लागि बाटो बनाउनका लागि यस्तो गरिएको हो ।
स्वेज नहर अथोरिटीका एक अधिकारीलाई उद्धृत गर्दै कायरो २४ न्यूजले एवर गिवेनलाई निकाल्न थुप्रै दिन लाग्न सक्ने जानकारी दिएको छ । ४०० मिटर लामो र ५९ मिटर चौडा अर्थात् फुटबलका चार मैदान जति ठूलो यो जहाजलाई तान्नका लागि आठ नाउबाहेक बालुवा निकाल्ने मेसिन पनि काममा जुटेको छ ।
अधिकारीले जहाजलाई सुरक्षित निकालेर स्वेज नहरमा यातायात पुनः सुचारु गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
यस्तै, जहाजका मालिक कम्पनी बीएमएसले उनको जहाज बालुवाबाट बाहिर निकालिएको भन्ने कुरालाई अस्विकार गरेका छन् । कम्पनीका अनुसार चालक दलका सबै सदस्य सुरक्षित छन् र कसैलाई कुनै शारीरिक हानी भएको छैन ।
यो घटना स्थानीय समयानुसार मंगलबार बिहान ७ः४० मा स्वेज बन्दरगाहको उत्तरमा भएको हो । फसेको जहान चीनबाट नेदरल्याण्डको बन्दरगाह शहर रोटेरडम जाँदै थियो । पनामामा रजिस्टर्ड यो जहाज उत्तरमा भूमध्यसागरतर्फ जाँदै गर्दा स्वेज नहर हुँदै यात्रा गरिरहेको थियो ।
सन् २०१८ मा बनेको र ताइवानको ट्रान्सपोर्ट कम्पनी एवरग्रीन मरीनद्वारा सञ्चालित यो जहाजले तीब्र हावाका कारण नियन्त्रण गुमाएका कारण त्यहाँ फसेको बताइन्छ । यसैकारण त्यहाँबाट यात्रा गर्ने थुप्रै जहाजको यात्रा रोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !