कोरोना नियन्त्रणमा कहाँ चुक्दैछ सरकार ? अब के गर्नुपर्छ ?
नेपालमा केही महिनायता कोरोना संक्रमणको दर घटेको छ । यो हाम्रा लागि खुसीको कुरा हो । धेरै मुलुकहरूले खोप लगाउन पाएका छैनन् । नेपालमा भने केही व्यक्तिलाई खोप लगाउने अवसर पनि जुट्यो । सुरुवाती दिनहरूमा कोरोनाविरुद्धको खोप दिँदा हाम्रा लागि खुसीको कुरा थियो । तर, अब जनस्वास्थ्य सुरक्षाका प्रावधानहरूलाई अभ्यास गर्न पटक्कै छाड्न हुँदैन । किनभने, संक्रमणको दरमात्र घटेको हो, संक्रमणको जोखिमबाट हामी मुक्त भएका छैनौँ ।
संसारका कुनैपनि देशले संक्रमणबाट मुक्त भइसकेका छौँ भनेर दाबी गर्न सकेका छैनन् । कतिपय देशमा संक्रमण शून्यमा आइसक्दा पनि फेरि नयाँ केसहरू देखिएका छन् । ती देशहरूमा जनस्वास्थ्यका मापदण्डको अभ्यास गर्दागर्दै पनि संक्रमण पुनः देखिएको छ । कतिपय देशहरूमा लापरवाहीको कारणले कोरोना संक्रमण दर बढेको छ । विदेशमा संक्रमण दर घटेर पुनः बढेका धेरै उदाहरण छन् । त्यसैले, हामीले सर्तकता नअपनाइकन खुलेआम हिँड्ने बेला भएको छैन ।
नेपालमा पहिला संक्रमित धेरै केसहरू आयातीत थिए । त्यसैले आयातीत संक्रमितका स्रोतहरू पहिचान गर्न सजिलो थियो । अहिलेको अवस्थामा संक्रमणका स्रोतहरू समूदायमै स्थापित भइसकेका छन् । को संक्रमित छ, को संक्रमित छैन भनेर पहिचान भएको छैन । त्यसैले अझ बढी सर्तकता अपनाउनु पर्छ ।
लकडाउन मात्रै नभएर क्वारेन्टिनको व्यवस्थापन गर्न सकेनौँ । सरकारले संक्रमितहरुको आइसोलेसन राम्रोसँग व्यवस्थापन गर्न सकेन । होम आइसोलेशनको नीति बनायौँ, त्यसको अनुगमन हुन सकेन । होम आइसोलेसनबाट संक्रमण बढ्यो कि घट्यो भनेर निगरानी भएन । यी विविध गल्तीहरूबाट नै गम्भीरताका साथ पाठ सिकेर अगाडि बढ्ने भने हो हामीसँग अवसरहरू छन् ।
हामीले पहिल्यैदेखि अलिकति लापरवाही ग¥यौं । पछिल्लो समय खोप आइसकेपछि सायद हामी खोपप्रति विश्वस्त भयौं कि ? हिजोआज आम नागरिकहरूले सुरक्षाका अभ्यासहरू पालना गरेका छैनन् । त्यसैले नेपालमा दोस्रो लहरको तरङ्ग आउन सक्छ ।
अहिले हामीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छैनौँ । सरकारले कन्ट्याक्ट ट्रेसिङ गर्न छाड्यो । क्वारेन्टिनको राम्रो व्यवस्थापनि छैन । एक सातायता संक्रमणको दर बढिरहेको छ । यसले के संकेत गर्छ भने नेपालमा पनि अर्को लहर देखापरेको त होइन?सबैको मनमा प्रश्न खडा भएको छ ।
सरकारले गरेका यी गल्तीहरू
लकडाउन मात्रै नभएर क्वारेन्टिनको व्यवस्थापन गर्न सकेनौँ । सरकारले संक्रमितहरुको आइसोलेसन राम्रोसँग व्यवस्थापन गर्न सकेन । होम आइसोलेशनको नीति बनायौँ, त्यसको अनुगमन हुन सकेन । होम आइसोलेसनबाट संक्रमण बढ्यो कि घट्यो भनेर निगरानी भएन । यी विविध गल्तीहरूबाट नै गम्भीरताका साथ पाठ सिकेर अगाडि बढ्ने भने हो हामीसँग अवसरहरू छन् । विगतमा क्वारेन्टिन, आइसोलेसन, होमआइसोलेसन, परीक्षण, कन्ट्याक टे«सिङ, नाकामा कडाइ गर्न सकेनौँ, त्यसैले कमीकमजोरीलाई स्वीकार र सुधार गर्दै इमान्दारीताका साथ बढ्ने हो भने धेरै बाटाहरू छन् ।
हिजो क्वारेन्टिन व्यवस्थित कसरी गर्ने थाहा थिएन । जबरजस्ती नाकाबन्दी गर्दाको परिणाम नेपालले भोगेको छ । जबरजस्ती नाकाबन्दी गर्दा कोही खोलाबाट पौडिएर, हामफालेर, चोरबाटो हुँदै आउने–जाने गरे । त्यसैले संक्रमति व्यक्तिले प्रवेश गर्ने अवसर पाउँदा नेपाल संक्रमणको विस्तार भएको थियो ।
संक्रमण रोक्नका लागि अब नेपालले नाकाबन्दी गरेर नागरिकहरूलाई दुःखमात्रै दिएर हुँदैन । सीमानाका क्षेत्रमा क्वारेन्टिन, परीक्षण, कन्ट्याक टे«सिङलाई राज्यले चाहेको खण्डमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउन सक्छ । यी नै विधिबाट संक्रमण कम गर्न सकिन्छ ।
अहिले नै सीमा नाकामै क्वारेन्टिन बनाऔं । कोरोना परीक्षणका लागि किट प्रयोगशालाको अभाव पनि छैन । हिजो कोरोना परीक्षण लागि किट, प्रयोगशाला, जनशक्ति थिएन । अहिले परीक्षणका लागि कम्तिमा संरचनाहरू छन् । छिमेकी राष्ट्र भारतबाट प्रवेश गर्नेलाई परीक्षणको अवधिभरिमा क्वारेन्टिनको व्यवस्था गर्न पनि सकिन्छ । पहिला क्वारेन्टिनको व्यवस्थापन भद्रगोल हुँदा आम नागरिकले दुःख पाए ।
संक्रमण रोक्न यसो गरौँ
सरकारले अब कोरोना संक्रमण रोक्न असाध्यै गम्भीरताका साथका सबैखालका अभ्यासहरू गर्नुपर्छ । पहिला नागरिकले सर्तकता अपनाउनुप-यो । यसको मतलब, सधैंभरि हाम्रा व्यवसायहरूलाई बन्द गरेर भएन । व्यवसायहरू पनि सुरक्षित किसिमबाट गर्नुप¥यो । बजार जाँदापनि कोरोनाभाइरस नेपालमै छैनजस्तो गरेर जान भएन । बजार जाऔं । आप्mनो काममा जाऔं । जहाँजहाँ सम्भव हुन्छ, त्यहाँ त्यहाँ सामाजिक सुरक्षाको अभ्यास गरौँ ।
अर्को कुरा, सरकार अलि गम्भीर हुनेबेला पनि आएको छ । अब सरकारले कन्ट्याक्ट ट्रेसिङ सक्रिय बनाउनुपर्छ । परीक्षणको दायरा बढाउनुपर्छ । सीमानाकामा एकदमै कडा गर्दा विगतमा महामारीका नाममा सीमामा रोकिने आम नागरिकले दुःख पाए । हामीले त्यो दोहो-याउनुहुँदैन । त्यहाँ व्यवस्थित गर्नुपर्छ ।
अहिले नै सीमा नाकामै क्वारेन्टिन बनाऔं । कोरोना परीक्षणका लागि किट प्रयोगशालाको अभाव पनि छैन । हिजो कोरोना परीक्षण लागि किट, प्रयोगशाला, जनशक्ति थिएन । अहिले परीक्षणका लागि कम्तिमा संरचनाहरू छन् । छिमेकी राष्ट्र भारतबाट प्रवेश गर्नेलाई परीक्षणको अवधिभरिमा क्वारेन्टिनको व्यवस्था गर्न पनि सकिन्छ । पहिला क्वारेन्टिनको व्यवस्थापन भद्रगोल हुँदा आम नागरिकले दुःख पाए । अब हामीमाझ विगतबाट पाठ सिकेर अगाडि बढ्नका लागि थुप्रै उपायहरू छन् ।
निजी क्षेत्रले खोप खरिद गरेर उनीहरूबाट लगाउँदा व्यवस्थापन गर्न सकेन भने के हुन्छ ? हिजो हामीले कोरोना परीक्षण गर्न नपाएर भोगेका नमीठा अनुभवझैँ कोरोनाविरुद्धको खोप लगाउँदा सामना गर्नुपर्ने त होइन भन्ने प्रश्न खडा भएको छ ।
खोप दिने प्रतिवद्धता चाँडै पूरा गर्नुपर्छ
आम नागरिकले अरुका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्न नसकेपनि म पनि जोखिममा छु भनेर सम्झनुप¥यो । किनभने, हामी आपूm संक्रमित भयौं भने अरुपनि संक्रमित हुन सक्छन् । त्यसैले,आम नागरिकलाई आफ्नो जिम्मेवारीको वोध हुनुपर्छ ।वर्तमान समयमा पनि संक्रमणको जोखिम छ । विगतमा पनि संक्रमणको जोखिम नै थियो । हिजोका दिनमा महामारीबाटै भोगेका समस्यालाई व्यवस्थापन गर्न खोज्दा खोपको कुरा उठेकै थिएन । यतिखेर कोरोनाविरुद्ध १६ लाख जनाले खोप पाएका छौँ । जतिजनाले खोप लगाएका छन्, उनीहरूले खोप लगाएकै कारण अब म सुरक्षित छु भन्ने ठानेर लापरवाही गर्नुभयो भने ठूलो गल्ती हुनेछ ।
खोपले पनि सतप्रतिशत सुरक्षा दिन सक्दैन । खोप लगाएकाहरूमा पनि संक्रमण हुन सक्छ । त्यसैले खोप लगाएको व्यक्तिहरूले पनि सुरक्षाको प्रावधान अभ्यास गर्न अति आवश्यक पर्छ । खोपले संक्रमण हुन नदिनका लागि सहयोग मात्रै गर्ने हो । खोप लगाएकालाई संक्रमण हुनबाट पूर्णरुपमा जोगाउँछ भन्ने छैन ।
खोपले संक्रमण रोक्नका लागि सहयोग पु¥याउँछ । त्यस कारण खोपको प्रयोग गर्नैपर्छ । तर, अहिले खोप दिने बारेमा पनि अनिश्चितता देखिएको छ । यसबारे गम्भीररुपमा बहस गर्नैपर्छ । सरकार खोपका बारेमा गम्भीर हुनैपर्छ ।
निजी क्षेत्रले खोप खरिद गरेर उनीहरूबाट लगाउँदा व्यवस्थापन गर्न सकेन भने के हुन्छ ? हिजो हामीले कोरोना परीक्षण गर्न नपाएर भोगेका नमीठा अनुभवझैँ कोरोनाविरुद्धको खोप लगाउँदा सामना गर्नुपर्ने त होइन भन्ने प्रश्न खडा भएको छ ।
लकडाउन नगरेपनि जनस्वास्थ्यका विधिहरूलाई कार्यान्वयन गरौँ । हातको सफाइ गर्न, भिडभाड नगर्नका लागि लकडाउन गर्न पर्दैन । वास्तवमा नागरिकको तहबाट चाहिँ सुरक्षाको अभ्यास भएको छ कि छैन भनेर कडाइका साथ निगरानी गर्नुपर्छ ।
विगतमा आमनागरिकले समयमै कोरोना परीक्षण गर्न पाएनन् । निजी क्षेत्रले खोप खरिद गर्दा सर्वसाधारण जनता मारमा पर्न भएन । त्यसैले हामी खोप खरिदका विषयमा गम्भीर हुनुपर्छ । खोप खरिद गर्न दिनका लागि के कस्ता सर्तहरूमा निजी क्षेत्रलाई अगाडि सारिएको हो ?सरकारले सरकारी तहबाटै जनतालाई खोप दिन्छौं भनेर प्रतिवद्धता पटकपटक सुन्दै आएको हो । खोप खरिदका लागि आर्थिक स्रोतको अभाव छैन भनेर सरकारी विभिन्न माध्यमबाट अभिव्यक्ति दिइरहेको थियो । सरकारले किन यति हुँदाहुँदै पनि प्रतिवद्धता जनाएर निजी क्षेत्रको आड लिएको हो ? यसको सम्बधित निकायले जनतासामु व्याख्या गरिदिनुपर्छ ।
नेपालमा यो अवस्थामा लकडाउन हुन सक्छ
लकडाउन संक्रमण रोक्नका लागि केहीबेर गर्ने हो । तर,लकडाउनले मात्रै संक्रमण रोकिने होइन । हामीले लकडाउन गर्नभन्दा पहिला जनस्वास्थ्यका नियमहरूलाई प्रभावकारी ढङ्गबाट कार्यान्वय गर्न सक्नु प¥यो ।
लकडाउन नगरेपनि जनस्वास्थ्यका विधिहरूलाई कार्यान्वयन गरौँ । हातको सफाइ गर्न, भिडभाड नगर्नका लागि लकडाउन गर्न पर्दैन । वास्तवमा नागरिकको तहबाट चाहिँ सुरक्षाको अभ्यास भएको छ कि छैन भनेर कडाइका साथ निगरानी गर्नुपर्छ ।
नागरिकलाई चाहिँ सधैंभरि आदेशमात्रै दिने होइन कि प्रावधानहरू अभ्यास गर्नका लागि आवश्यक वातावरण बनाइदिनुपर्छ । भिडभाडहरूलाई नियन्त्रण गर्नका लागि अनुगमन र कडाइ गर्नुप¥यो । अनुगमन गर्दा भिडभाड भयोभने कारवाही पनि गर्नुप¥यो । मास्कको प्रयोगका बारेमापनि अनुगमन गरेर प्रोत्साहन वा कारवाही गर्नुप¥यो ।
जनस्वास्थ्यका मापदण्ड पालनागर्दागर्दै पनि विदेशमा संक्रमण पुनः दोहोरिएर लकडाउन तथा बन्दाबन्दीका प्रशस्त उदाहरण छन् । नेपालमा पनि दोस्रो लहर आएर लकडाउन नहोला भन्न सकिदैँन । तर, हामीले त्योभन्दा अगाडि जनस्वास्थ्यका विधिहरूलाई कतिको प्रभावकारी ढङबाट कार्यान्वय गर्छाैं, संक्रमणलाई कुन हदसम्म रोक्न सक्छौँ, यो कुराले नेपालमा लकडाउनको आवश्यकता छ कि छैन भन्न सकिन्छ । लकडाउन गरेर मात्रैसमस्याको हल हुँदैन ।
विगतमा लामो लकडाउन भयो । सुरुका दिनमा लकडाउन प्रभावकारी भयो । तर, पछिल्लाा दिनमा लकडाउनको प्रभावकारिता नभएकाले संक्रमण बढ्यो । जनस्वास्थ्यका नियम कार्यान्वय नगर्ने व्यवसायिक क्षेत्र र बन्दाबन्दीगर्नेे रणनीतिले चाहिँ संक्रमणको विस्तारलाई रोक्दैन ।
सरकार प्रतिवद्ध भएर काम गर्नुपर्छ
कोरोना संक्रमणको सुरुवाती चरणमा प्राविधिक तहबाटै धेरै अन्योल थियो । कोरोना भाइरसका बारेमा विज्ञानले पनि धेरै कुरा स्थापित गर्न सकेको थिएन । कुन–कुन माध्यमहरूबाट संक्रमण हुन्छ, के–के लक्षण देखिन्छ भन्ने कुराहरू प्रष्ट थिएन । औलो रोगका लागि खाने औषधि प्रभावकारी हुन्छ भनेर संक्रमित सेवन समेत गरे ।
वर्तमान समयमा कोरोना भाइरस संक्रमणका बारेमा विगतको तुलनामा धेरै कुरा प्रष्ट भएको छ । अहिले पनि थाहा नभएका धेरै कुराहरू छन् । सरकारले प्रतिवद्धता गरेअनुसार काम गरेमा धेरै कुराहरू उपलब्ध छ । सरकारसँग आर्थिक स्रोत अभाव छैन । आफ्नो प्रतिवद्धताअनुसार व्यवहारिकरुपमा आत्मविश्वासका साथ अगाडि बढेको खण्डमा सरकारले कोरोना महामारीलाई छल्नसक्छ ।
(जनस्वास्थ्यविद् वन्तसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जना सिफारिस (नामावलीसहित)
-
उपनिर्वाचनका लागि यस्तो छ तयारी, आयोगले मागेको जति बजेट निकासा भएन
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन चितवनमा अनुबन्ध
-
स्वर्णलक्ष्मी सहकारीको बैंक खाताहरू रित्तै, शून्यदेखि ४ रुपैयाँसम्म मौज्दात
-
स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध