शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भागरथी हत्या प्रकरण : अभियुक्तको डिएनए भेजाइनल स्वाबसँग म्याचिङ भयो : प्रहरी

बिहीबार, १२ चैत २०७७, १५ : ०२
बिहीबार, १२ चैत २०७७

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भन्दै पुर्पक्षका लागि बाल सुधार गृहमा पठाइएका अभियुक्तको डिएनए म्याचिङ भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार भागरथीको शरीरबाट लिइएको भेजाइनल स्वाब र अभियुक्तको डिएनए म्याचिङ भएको छ । 

घटनालगत्तै प्रहरीले भागरथीको भेजाइनल स्वाबको नमुना संकलन गरी काठमाडौंस्थित प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । फागुन ६ गते घटनामा संलग्न भन्दै पक्राउ गरिएका स्थानीय १७ वर्षीय किशोरको डिएनए स्याम्पल पनि प्रहरीले काठमाडौं पठाएको थियो । भागरथीको भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग अभियुक्तको डिएनए म्याचिङ भएको प्रहरीले बताएको हो । 

केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, सामाखुसीले पठाएको सिलबन्दी रिपोर्ट जिल्ला प्रहरी कार्यालयमा खोलिएको र रिपोर्टमा डिएनए म्याचिङ भएको जनाइएको प्रवक्ता सिंहले रातोपाटीलाई बताए । आजै सरकारी वकिलमार्फत अदालतमा बुझाइने उनले बताए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप