प्रधानमन्त्रीसँग छलफल गर्न जसपा नेपालका नेताहरु बालुवाटारमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार गएका छन् । महन्थ ठाकुरको नेतृत्वमा सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण मंगलबार बिहान बालुवाटार गएका हुन् । ठाकुरको सचिवालयका एक सदस्यले प्रधानमन्त्री ओलीसँग छलफलका लागि नेताहरुको टोली बालुवाटार गएको रातोपाटीलाई जानकारी दिए ।
सत्ता साझेदारीका लागि निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा रहेको जसपा नेपालले ओली सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने भन्नेबारे प्रस्ट धारणा बनाइसकेको छैन ।
सो पार्टीले आफ्ना माग पूरा भए पछिमात्र सत्ता साझेदारीका लागि आवश्यक निर्णय लिने बताउँदै आएको छ । रेशम चौधरीको रिहाइ, मधेस तथा थरूहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका माग अघि सारेको सो पार्टीले प्रधानमन्त्री ओलीसँग बारम्बार छलफल गर्दै आएको छ ।
जसपा नेपालका नेताहरुले केहीदिन अघि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए ।
सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएसँगै प्रतिनिधिसभामा चौथो शक्तिका रुपमा जसपा नेपालले एमालेसँग मिलेर सत्ता साझेदारी गर्ने वा काँग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने भन्ने दुवै विकल्पलाई अहिलेसम्म खुला राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
