चाल्नाखेल घटनाः मृत फेला परेका दुई विद्यार्थीले विष खाएको आशंका

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा शुक्रवार २ जना विद्यार्थी मृत भेटिएका थिए । नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्का र काभ्रेका १८ वर्षीय मंगल तामाङको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदैछ । १० कक्षामा अध्ययनरत उनीहरुले विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ ।
मृतकको शव भेटिएको ठाउँमा विषको बट्टा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । नुवाकोट छापा घर भएका अर्जुनको शव भेटिएको ठाउँभन्दा करिब १५ मिटर पर सेल्फोस नामको किटनाशक औषधीको बट्टा भेटिएको छ । मंगलको शव भेटिएको ठाउँभन्दा १ सय मिटर पर पनि सेल्फोसको बट्टा फेला परेको छ । सेल्फोस गहुँ बालीमा प्रयोग गरिने किटनाशक औषधी हो । ‘शव पोष्टमार्टम हुँदैछ’ काठमाडौं परिसरका एसपी बस्नेतले भने–‘पोष्टमार्टम रिपोर्टपछि मृत्युको यकिन कारण थाहा हुन्छ ।’
असनस्थित टेउडा स्कुलमा पढ्ने अर्जुन र क्षेत्रपाटीस्थित जिपी स्कुलमा पढ्ने मंगल साथी हुन् । प्रहरी अनुसन्धानबाट उनीहरु लागुऔषध प्रयोगकर्ता समेत रहेको थाहा भएको छ । चैत ५ मा बिहान १० बजे उनीहरु घरबाट हिँडेका थिए । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘मृतकले लागुऔषध सेवनकर्ता समेत हुन् ।’
दक्षिणकाली नगरपालिका–१ खहरेस्थित चाल्नाखेल जंगलमा उनीहरुको शव फेला परेको थियो । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटना अनुसन्धान गरिरहेका छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !
-
मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई लागेको आरोप के हो ?
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू