चाल्नाखेलमा भेटिएका दुई शवको पहिचान खुल्यो, १० कक्षामा पढ्ने विद्यार्थी भएको पुष्टि
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेको शव विद्यार्थीको भएको पुष्टि भएको छ । शुक्रवार खहरेस्थित जंगलमा दुई जनाको शव फेला परेको थियो । मृतकका आफन्तमार्फत प्रहरीले शवको पहिचान खुलाएको हो ।
नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको शव पहिचान भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । नुवाकोट छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे । काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगलचाहिँ क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत थिए ।
‘दुवैजना बाङ्गेमूढामा बस्थे’ एसपी बस्नेतले भने–‘उनीहरु साथी हुन्, मृत्युको कारणबारे अनुसन्धान गरिरहेका छौं ।’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह कमाण्डको टिम घटनास्थलमा पुगेर शवको मुचुल्का गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले शवको अवस्था अवलोकन गरेका छन् ।
तालिमप्राप्त कुकुरलाई पनि अनुसन्धानमा प्रयोग गरिएको एसपी बस्नेले बताए । खहरेस्थित जंगलमा डाँडा वारी–पारी दुई जनाको शव फेला परेको थियो । अर्जुनका दाइले प्रहरीलाई बताए अनुसार उनीहरु बिहिबार बिहान १० बजेबाट हराएका थिए ।
शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टिमले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
