सर्वोच्चमा सिफारिस भएका न्यायाधीशद्वयविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका दुई मुख्य न्यायाधीशको संसदीय सुनुवाइको प्रक्रिया सुरु भएको छ । गत फागुन २८ गते बसेको न्यायपरिषद्को बैठकले डा. कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले दुई न्यायाधीशको सुनुवाइ प्रक्रिया सुरु गर्दै उनीहरुविरुद्ध १० दिनभित्र उजुरी माग गर्ने निर्णय गरेको छ । त्यस्तै, यो सूचना सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित गर्ने निर्णय पनि गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले रातोपाटीलाई जानकारी दिए ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा. कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका छन् । नेपालको संविधानको धारण २९२ तथा न्याय परिषद्को ऐन २०७३ को दफा ६ बमोजिम संसदीय सुनुवाइ भएपछि नेपालको संविधानको धारा १२९ बमोजिम राष्ट्रपति समक्ष नियुक्तिका लागि उनीहरुको सिफारिस गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाईकल र्याली
-
‘नरसिंहा अवतार’ को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा
-
एनआरएनएहरू मिलेर अघि बढ्नुपर्छ : राजदूत तुम्बाहाङ्फे
-
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो