सर्वोच्चको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस
सर्वोच्च अदालतको न्यायाधीशमा डा. कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरिएको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा. कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस गरेको हो ।

शुक्रबारकै बैठकले उच्च अदालतका लागि न्याय सेवाका विशिष्ट श्रेणीबाट दुई जनालाई न्यायाधीश लागि सिफारिस गरेको छ । महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता नारायण प्रसाद पौडेललाई उच्च अदालत पाटन र कानून मन्त्रालयका सचिव ऋषि राजभण्डारीलाई उच्च अदालत पोखरामा न्यायाधीशका लागि सिफारिस भएको हो ।
त्यसैगरी जिल्ला न्यायाधीश मध्येबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तम प्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मेदिनीप्रसाद पौडेललाई विभिन्न उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरिएको छ ।
त्यसैगरी न्याय सेवाका प्रथम श्रेणीका अधिकृतबाट रामेश्वर रेग्मी र ममता खनाललाई पनि उच्च अदालतका न्यायाधीशमा सिफारिस गरिएको छ ।
त्यस्तै अधिवक्तामध्येबाट फुर्पा तामाङ, श्रीधरा कुमारी पुडासैनी, जगदीश घिमिरे, पुनम सिंह, सागर विष्ट, गणेश ठगुन्ना र निर्मला शाक्यलाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ ।
यसरी न्याय परिषद्को शुक्रबारको बैठकले सर्वोच्च अदालतमा रिक्त २ न्यायाधीश र उच्च अदालतका लागि १८ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।
परिषद्ले सिफारिस गरेपछि अब ४५ दिनभित्र संसदीय सुनुवाई गरिसक्नुपर्नेछ । ४५ दिनभित्र संसदीय सुनुवाई नभए स्वतः नियुक्त हुनेछन् ।
न्याय परिषद्मा प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, कानुनमन्त्री, प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ता मध्येबाट तोकेर पठाएका सदस्य र नेपाल बारबाट पठाइएका एक गरी ५ जना सदस्य रहने कानुनी व्यवस्था छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण