टोखामा आशिष लिम्बुको हत्या, ३ आरोपी पक्राउ
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ मा मोरङको उर्लाबारी घर भएका आशिष लिम्बुको हत्या भएको छ । फागुन २९ मा टोखाको मालुङ्ग साङ्ला ढलान नजिकै बाँसको झाङमा उनको शव भेटिएको थियो ।
मोटरसाईकल वर्कशपमा उनको हत्या गरेर शव फालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न ३ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक भुपेन्द्र कुमार, रौतहट घर भएका महमद कासिम मन्सुरी र अर्का एकजना छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले मध्यान्ह पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीसँग भने– ‘हत्याबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौं ।’
आशिष ड्रग एडिक्ट थिए । शनिवार कासिम मन्सुरीको वर्कशपमा उनि गाँजा खान गएका थिए । गाँजा खाँदा सामान्य भनाभन हुँदा भुपेन्द्र कुमारलाई उनले झापड हाने । सो विवाद हत्यामा गएर अन्त्य भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
