टोखामा आशिष लिम्बुको हत्या, ३ आरोपी पक्राउ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ मा मोरङको उर्लाबारी घर भएका आशिष लिम्बुको हत्या भएको छ । फागुन २९ मा टोखाको मालुङ्ग साङ्ला ढलान नजिकै बाँसको झाङमा उनको शव भेटिएको थियो ।
मोटरसाईकल वर्कशपमा उनको हत्या गरेर शव फालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न ३ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक भुपेन्द्र कुमार, रौतहट घर भएका महमद कासिम मन्सुरी र अर्का एकजना छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले मध्यान्ह पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीसँग भने– ‘हत्याबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौं ।’
आशिष ड्रग एडिक्ट थिए । शनिवार कासिम मन्सुरीको वर्कशपमा उनि गाँजा खान गएका थिए । गाँजा खाँदा सामान्य भनाभन हुँदा भुपेन्द्र कुमारलाई उनले झापड हाने । सो विवाद हत्यामा गएर अन्त्य भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता
-
बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन