टोखामा शरीरमा निलडाम र मुखबाट रगत बगेको अवस्था युवकको शव फेला
शनिबार, २९ फागुन २०७७, १२ : ०५

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-१ मा एक युवकको शव फेला परेको छ ।
शनिबार बिहान टोखास्थित मालुङ्ग साङ्गला ढलान सडक नजिकै रहेको बाँसको झाँङ्गमा एक युवकको शव फेला परेको हो ।
शवको साथबाट मोरङ्गमा बेलबारी स्थायी ठेगाना र वर्ष २५ को आशिष लिम्बुको नाम रहेको परिचयपत्र फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले रातोपाटीलाई बताए ।
मृतकको शरिरमा निलडाम र मुखबाट रगत बगेको हुँदा हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
मनसुनीसहित चार वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ