प्रविन बाँस्तोला हत्या प्रकरण: घरधनी रमेश गिरी पक्राउ

काठमाडौं । मोरङको उर्लाबारीका प्रविन बाँस्तोला हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो । हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए ।
उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले रातोपाटीलाई बताए । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविन विहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । स्थानिय गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृत्यु भएको दिन प्रविन आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दीलिप पौडेलको डेरामा सुतेका थिए । त्यहाँ ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए । प्रविन बास्तोलाको हत्या आरोपमा उपस्थित गराइएका दुई जनामध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ । बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् । हत्यामा संलग्नमध्ये ३ जना फरार छन् । मृतकका आफन्तले प्रहरी अनुसन्धानमा प्रश्न उठाएपछि डिएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिती गठन गरिएको छ । समितीले सोमबार प्रतिवेदन बुझाउने बताइएको छ ।
यो पनि पढौं...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय