ad
केन्द्रीय संस्करण
समाचार

उर्लाबारी घटनाः मेहरमान दर्जीलाई थुनामा राख्न आदेश

कुमार राईसँग ३ लाख धरौटी माग

person explore access_timeफागुन १३, २०७७ chat_bubble_outline0
तस्बिरः प्रवीण बाँस्तोला

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा उपस्थित गराइएका दुईजना मध्ये एकजनालाई अदालतले थुनामा पठाएको छ । बिहिबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो । 

जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् ।  ईलाका प्रहरी कार्यालय उर्लाबारीले प्रवीणको हत्या आरोपमा स्थानीय सौरभी होटल सञ्चालक कुमार राई र रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई पक्रेर अदालतमा उपस्थित गराएको थियो । सौरभी होटलका सञ्चालक कुमार उर्लाबारी–७ का स्थानीय हुन् । 

पुस ४ मा साथीहरुसँग मदिरा सेवन गरेका प्रवीण बिहान अचेत अवस्थामा भेटिएका थिए ।  उर्लाबारी–७ का रमेश गिरीको घरमा  साथीको डेरामा अचेत अवस्था भएपछि उनलाई स्थानिय गोदावरी अस्पालमा पुर्याइयो । पुस ५ मा बिहान डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । 

घटनामा संलग्न ६ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा उनीहरु छुटे । मृतकका आफन्तले आरोपीलाई छाडेको विरोधमा आन्दोलन गरेपछि सरकारी वकिल कार्यालय मोरङले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो । 

घटनामा संलग्न अन्य चारजनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले रातोपाटीलाई बताए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रविणको ‘निसास्सिएर मृत्यु’ भएको पोष्टमार्टम रिपोर्ट दिएको छ । भिसेरा परीक्षणबाट विष खुवाएको अथवा खाएको पुष्टि भएको छैन । 

मृत्यु भएको दिन प्रविण आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दिलिप पौडेलको डेरामा सुतेका थिए । पुस ४ मा राती उनीहरुसँग ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए । उनीहरु एउटै कोठामा सुतेका र प्रविन अचेत भएपछि एम्बुलेन्समा अस्पताल लगेको बताइएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख मनोजककुमार आचार्यले घटनामा संलग्न ६ जना विरुद्ध मुद्दा दर्ता गरेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘जन्म कैदको मागदावी लिएका छौं ।’ 

फोटो फेरेको देखिएन- एसपी खड्का

पीडित परिवारले इलाका प्रहरीका कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले मृतकको फोटो परिवर्तन गरेको आरोप लगाएका छन् ।  तर, प्रारम्भिक छानबिनबाट फोटो फेरेको नदेखिएको मोरङका एसपी सन्तोष खड्काले बताए । 

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राई सहितका ३ जनाको छानविन समितिले सो घटना अनुसन्धान गर्नेहरूमाथि छानविन गरिरहेको छ ।  ‘प्रारम्भिक छानबिनबाट फोटो परिवर्तन गरेको देखिएन’ एसपी खड्काले रातोपाटीसँग भने– ‘अनुसन्धानमा ढिलाई किन भयो भनेर समितिले छानविन गरिरहेको छ ।’

सक्कल फाईल सरकारी वकिल कहाँ पठाउनुपर्ने हुनाले मृतकका परिवारले दाबी गरेजस्तो प्रवीण बाँस्तोलाको नाम र तस्बिर मिसिलमा तोडमोड गरेको नदेखिएको खड्काको दाबी छ ।  ल्याव रिपोर्ट र पोष्टमार्टम रिपोर्टका आधारमा अनुसन्धान केही ढिला भएको हुनसक्ने खड्काले बताए । 

यो पनि पढौँ...

 

 


 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.