
प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार छैन : सर्वोच्च अदालत
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने विशेष अधिकार नभएको फैसला गरेको छ । मंगलबार प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा बहस सकिएपछि फैसला सुनाउँदै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्ने विशेषाधिकार नभएको फैसला सुनाएका हुन् ।
‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने विशेषाधिकार छैन, ’फैसला सुनाउँदै प्रधानन्यायाधीशले भने । यसअघि संविधानको धारा ७६ र ८५ मा त्यस्तो अधिकार भएको भन्दै ओली तर्फका कानुन व्यवसायीहरुले बहस गरेका थिए । त्यस्तै ‘धारा ७६ को १ अनुसार पनि बहुमतको प्रधानमन्त्रीलाई ७६(७) विघटन गर्न मिल्ने देखिएन’, फैसलामा भनिएको छ ।
१३ दिन भित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फैसला सुनाउँदै सरकारको विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन आदेश दिएको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा ’ब्यूँतिएको’ छ । प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ