शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रामदेवको कोरोनाको औषधी सार्वजनिक गरेर फसे केन्द्रीय स्वास्थ्य मन्त्री, स्पष्टिकरणको माग

मङ्गलबार, ११ फागुन २०७७, १० : ०२
मङ्गलबार, ११ फागुन २०७७

भारतीय चिकित्सक संघ (आईएमए) ले सोमबार केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनसँग योगगुरु रामदेवको कम्पनीद्वारा तयार गरिएको कोरोनाको तथाकथित औषधी कोरोनिल सार्वजनिक गरेकोमा स्पष्टिकरणको माग गरिएको छ ।

आइएमएले सोमबार एक वक्तव्य जारी गर्दै डा. हर्ष वर्धनसँग थुप्रै प्रश्नको जवाफ मागिएको छ ।

आइएमएको तर्फबाट जारी बयानमा केन्द्रीय स्वास्थ्य मन्त्रीमाथि मेडिकल काउन्सिल अफ इन्डियाको कोड अफ कन्डक्टको अपहेलना गरेको अभियोग पनि लगाइएको छ ।

बयानमा लेखिएको छ, ‘नियमका अनुसार कुनै पनि डाक्टरले कुनै औषधी प्रोमोट ​गर्न सक्दैन तर केन्द्रीय मन्त्री जो आफैं एक डाक्टर हुन्, उहाँले यो औषधीको प्रोमोट गर्नु आफैंमा अचम्मको कुरा हो ।’

भारतीय चिकित्सक संघले यो मामिलालाई मेडिकल काउन्सिल अफ इन्डियासम्म पुर्याउने घोषणा गरेको छ ।

 तर यहाँ प्रश्न यो उठ्छ कि भारतीय चिकित्सक संघ डा. हर्ष वर्धनप्रति यति धेरै रिसाउनुको कारण के हो ?

के हो घटना ?

केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनले अघिल्लो शुक्रबार दिल्लीको कन्स्टिट्युशनल क्लबमा बाबा रामदेवद्वारा आयोजित एक पत्रकार सम्मेलनमा भाग लिएका थिए । उक्त कार्यक्रममा केन्द्रीय यातायात मन्त्री नितिन गडकरी पनि समावेश थिए ।

रामदेवले उक्त पत्रकार सम्मेलनमा उनको संस्थाले तयार गरेको कोरोनिलसँग जोडिएको शोधपत्र थुप्रै अन्तर्राष्ट्रिय जर्नल्समा प्रकाशित गरिएको दाबी गरेका थिए ।

पत्रकार सम्मेलनपछि रामदेवले भिन्न भिन्न टिभी च्यानलमा दिएको अन्तरवार्तामा कोरोनिलले विश्व स्वास्थ्य संगठनको तर्फबाट संसारको १५४ देशमा पठाउने मान्यता पाएको पनि बताए ।

तर विश्व स्वास्थ्य संगठनले यो दाबी खण्डन गरेको छ । त्यसपछि नै आइएमएले यो कार्यक्रममा केन्द्रीय स्वास्थ्यमन्त्रीको उपस्थितीमाथि प्रश्न उठाइरहेको छ ।

आइएमएका अनुसार केन्द्रीय स्वास्थ्यमन्त्रीले एक अवैज्ञानिक दाबी जारी गर्नु र विश्व स्वास्थ्य संगठनद्वारा तत्काल खारेज गर्नु यो देशका जनताको अपमान हो ।

 


बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप