शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पतञ्जलीले निकाल्यो कोरोनाको नयाँ औषधीः रामदेव भन्छन्, ‘अब हामीमाथि कसैले प्रश्न उठाउन सक्दैन’

शुक्रबार, ०७ फागुन २०७७, १५ : ४७
शुक्रबार, ०७ फागुन २०७७

योगगुरु रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधी सार्वजनिक गरेका छन् । पतञ्जलीले नयाँ औषधी प्रमाणमा आधारित भएको दाबी गरेको छ ।

नयाँ औषधी सार्वजनिक गर्नेबेला भारतका केन्द्रीय स्वास्थ्यमन्धी डा. हर्षवर्धन र केन्द्रीय मन्त्री नितिन गडकरीको उपस्थिती रह्यो । नयाँ औषधीको नाम कोरोनिल नै हो । पतञ्जलीका अनुसार कोरोनिल चक्कीले अब कोभिडको उपचार सम्भव छ ।

आयुष मन्त्रालयले कोरोनिल चक्कीलाई कोरोनाको औषधीको रुपमा स्विकार गरिसकेको छ । पतञ्जलीकमा अनुसार नयाँ कोरोनिल औषधी CoPP-WHO GMP  सर्टिफाइड छ । औषधी सार्वजनिक गर्दै गर्दा बाबा रामदेवले योग आयुर्वेदलाई अनुसन्धानमा आधारित उपचारको रुपमा चिकित्सा पद्धतिको रुपमा अपनाइएको बताए ।

कोरोनाको औषधी सार्वजनिक गरेपछि एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा रामदेवले भने, ‘मैले रोगलाई नियन्त्रण होइन समाप्त नै गर्न सकिन्छ भन्दा ममाथि पछिल्लो तीन दशकदेखि कति प्रश्न उठिरहेका छन् ? अब सबै सर्टिफिकेशनसहित हामीसँग २५० भन्दा बढी रिसर्च पेपर छन् । कोरोनामाथि मात्रै २५ रिसर्च पेपर छन् । अब कसैले पनि प्रश्न उठाउन सक्दैनन् । ’

यस्तै, आचार्य बालकृष्णले पनि यसै सञ्चार माध्यमसँग भनेका छन्, ‘मानिसहरुले पहिले देखि नै कोरोनिलको प्रयोग गरिरहेका थिए तर अब डिजीसीएपछि हामीले डब्ल्यूएचओको अप्रुभल पाएका छौं । यो १५४ देशका लागि स्विकृति पाएका छौं । त्यसपछि हामी अब आधिकारिक रुपमा कोरोनिल निर्यात गर्न सक्छौं । हामीले वैज्ञानिक पद्धतिले कोरोनिलमाथि अनुसन्धान गरेका हौं । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप