पतञ्जलीले निकाल्यो कोरोनाको नयाँ औषधीः रामदेव भन्छन्, ‘अब हामीमाथि कसैले प्रश्न उठाउन सक्दैन’
योगगुरु रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधी सार्वजनिक गरेका छन् । पतञ्जलीले नयाँ औषधी प्रमाणमा आधारित भएको दाबी गरेको छ ।
नयाँ औषधी सार्वजनिक गर्नेबेला भारतका केन्द्रीय स्वास्थ्यमन्धी डा. हर्षवर्धन र केन्द्रीय मन्त्री नितिन गडकरीको उपस्थिती रह्यो । नयाँ औषधीको नाम कोरोनिल नै हो । पतञ्जलीका अनुसार कोरोनिल चक्कीले अब कोभिडको उपचार सम्भव छ ।
आयुष मन्त्रालयले कोरोनिल चक्कीलाई कोरोनाको औषधीको रुपमा स्विकार गरिसकेको छ । पतञ्जलीकमा अनुसार नयाँ कोरोनिल औषधी CoPP-WHO GMP सर्टिफाइड छ । औषधी सार्वजनिक गर्दै गर्दा बाबा रामदेवले योग आयुर्वेदलाई अनुसन्धानमा आधारित उपचारको रुपमा चिकित्सा पद्धतिको रुपमा अपनाइएको बताए ।
#Patanjalis_EvidenceBased_Medicine4Corona #PatanjaliCoronil https://t.co/NNzY6vTkoM
— Patanjali Ayurved (@PypAyurved) February 19, 2021
कोरोनाको औषधी सार्वजनिक गरेपछि एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा रामदेवले भने, ‘मैले रोगलाई नियन्त्रण होइन समाप्त नै गर्न सकिन्छ भन्दा ममाथि पछिल्लो तीन दशकदेखि कति प्रश्न उठिरहेका छन् ? अब सबै सर्टिफिकेशनसहित हामीसँग २५० भन्दा बढी रिसर्च पेपर छन् । कोरोनामाथि मात्रै २५ रिसर्च पेपर छन् । अब कसैले पनि प्रश्न उठाउन सक्दैनन् । ’
यस्तै, आचार्य बालकृष्णले पनि यसै सञ्चार माध्यमसँग भनेका छन्, ‘मानिसहरुले पहिले देखि नै कोरोनिलको प्रयोग गरिरहेका थिए तर अब डिजीसीएपछि हामीले डब्ल्यूएचओको अप्रुभल पाएका छौं । यो १५४ देशका लागि स्विकृति पाएका छौं । त्यसपछि हामी अब आधिकारिक रुपमा कोरोनिल निर्यात गर्न सक्छौं । हामीले वैज्ञानिक पद्धतिले कोरोनिलमाथि अनुसन्धान गरेका हौं । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण