शबनमलाई माफी दिइयोस्, मृत्युदण्ड दिए दुर्भाग्य र समस्या निम्तिनेः अयोध्याका सन्तलाई किन यस्तो डर ?
भारतको अयोध्याका सन्त परमहंस दासले राष्ट्रपति रामनाथ कोविन्दलाई शबनमको मृत्युदण्डको सजाय माफ गरिदिने अपिल गरेका छन् । यदि शबनमलाई मृत्युदण्ड दिइयो भने स्वतन्त्रतापछि कुनै महिलालाई मृत्युदण्ड दिएको पहिलो घटना हुनेछ ।
सन्त परमहंस दासले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘हिन्दू शास्त्रमा महिलाको स्थान पुरुषभन्दा निकै माथि छ । एक महिलालाई मृत्युदण्ड दिँदा समाजको भलो हुँदैन । यसले त दुर्भाग्य र समस्या निम्त्याउँछ । उनको अपराध माफी दिन लायक छैन, यो साँचो हो तर उनलाई महिला भएको नाताले माफी दिनुपर्छ ।’
‘महिलाको मृत्युदण्डले दुर्भाग्य निम्त्याउने’
महन्तले थपे, ‘हिन्दू धर्मको गुरु भएको नाताले म राष्ट्रपतिलाई शबनमको दया याचिका स्विकार गर्न अपिल गर्छु । उनले जेलमा आफ्नो अपराधको प्रायश्चित गरिसकेकी छिन् । उनलाई मृत्युदण्ड दिइएको खण्डमा यो इतिहासको सबैभन्दा दुर्भाग्यपूर्ण अध्याय हुनेछ । हाम्रो संविधानले राष्ट्रपतिलाई असाधारण शक्ति दिन्छ, उनले यी शक्तिको प्रयोग क्षमा दिएर गर्नुपर्छ ।’
परिवारका ७ सदस्यको हत्याः
भारतको अमरोहा जिल्लाको बाबनखेडी गाउँमा १४–१५ अप्रिल २००८ को राती प्रेमीसँग मिलेर आफ्नो परिवारका सात सदस्यको हत्या गर्ने शबनम र उनका प्रेमी सलिमलाई मृत्युदण्ड दिइनेछ । शबनम जुलाई २०१९ देखि रामपुर जेलमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
