शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शबनमलाई माफी दिइयोस्, मृत्युदण्ड दिए दुर्भाग्य र समस्या निम्तिनेः अयोध्याका सन्तलाई किन यस्तो डर ?

सोमबार, १० फागुन २०७७, १० : ४९
सोमबार, १० फागुन २०७७

भारतको अयोध्याका सन्त परमहंस दासले राष्ट्रपति रामनाथ कोविन्दलाई शबनमको मृत्युदण्डको सजाय माफ गरिदिने अपिल गरेका छन् । यदि शबनमलाई मृत्युदण्ड दिइयो भने स्वतन्त्रतापछि कुनै महिलालाई मृत्युदण्ड दिएको पहिलो घटना हुनेछ ।

सन्त परमहंस दासले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘हिन्दू शास्त्रमा महिलाको स्थान पुरुषभन्दा निकै माथि छ । एक महिलालाई मृत्युदण्ड दिँदा समाजको भलो हुँदैन । यसले त दुर्भाग्य र समस्या निम्त्याउँछ । उनको अपराध माफी दिन लायक छैन, यो साँचो हो तर उनलाई महिला भएको नाताले माफी दिनुपर्छ ।’

‘महिलाको मृत्युदण्डले दुर्भाग्य निम्त्याउने’

महन्तले थपे, ‘हिन्दू धर्मको गुरु भएको नाताले म राष्ट्रपतिलाई शबनमको दया याचिका स्विकार गर्न अपिल गर्छु । उनले जेलमा आफ्नो अपराधको प्रायश्चित गरिसकेकी छिन् । उनलाई मृत्युदण्ड दिइएको खण्डमा यो इतिहासको सबैभन्दा दुर्भाग्यपूर्ण अध्याय हुनेछ । हाम्रो संविधानले राष्ट्रपतिलाई असाधारण शक्ति दिन्छ, उनले यी शक्तिको प्रयोग क्षमा दिएर गर्नुपर्छ ।’

परिवारका ७ सदस्यको हत्याः

भारतको अमरोहा जिल्लाको बाबनखेडी गाउँमा १४–१५ अप्रिल २००८ को राती प्रेमीसँग मिलेर आफ्नो परिवारका सात सदस्यको हत्या गर्ने शबनम र उनका प्रेमी सलिमलाई मृत्युदण्ड दिइनेछ । शबनम जुलाई २०१९ देखि रामपुर जेलमा छिन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप